६ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १३ जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७८, शुक्रबार १६:४२

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६५ नमुना परीक्षण गर्दा ४, नेपालगञ्ज मेडिकल कलेजमा ३९ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा ४९ जनामा परिक्षणगर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । २ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८८ हजार ७४१ नमुना परीक्षण गर्दा १७ हजार छ सय १७ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

Nabintech