१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा एक सय ५० जना गरे एमाले पार्टीमा प्रवेश

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०७८, शनिबार १५:०२

बाँकेको कोहलपुरमा नेकपा एमालेमा १ सय ५० जनाले पार्टी प्रवेश गरेका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा उनीहरुले प्रवेश गरेका हुन् । सो पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हलुवाईले नेकपा एमाले पार्टीले लिएका नीति तथा विचारलाई जनतामा बिचमा लिनुपर्ने आवश्यकता रहेको बताएका छन् । साथै उनले पार्टी अध्यक्ष केपि शर्मा ओलीले लिएका राष्ट्रिय एकताका नीतिलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य देवराज भारले जनताका भावनाहरुलाई आत्मासाथ गर्ने पार्टी नेकपा एमाले भएकाले जनताका जनजीविका सँग जोडिका कामहरु पार्टीले गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै उनले राष्ट्रिय एकताका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु गाउँस्तरबाटै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमाले बाँके जिल्ला अध्यक्ष सूर्य ढकालले जनताका मुद्धालाई आत्मासाथ गरी काम गरेका प्रधानमन्त्री केपिशर्मा ओलीलाई सत्ताबाट हटाईएको बताउँदै संविधान र लोकतन्त्रलाई बलियो बनाउन एमाले पार्टीमा प्रवेश गरेकालाई उचित व्यवस्थापन गरिने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहालुर रावतले स्थानिय तहको निर्वाचनमा जनताका बिचमा गरिएका बाचाहरु पुरा गर्ने तर्फ आफुहरु अगाडि बढिरहेको बताएका छन् । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो

Nabintech