८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका २१ जना संक्रमित थपिए, १ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०७८, शनिबार १७:४६

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५८ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७६ नमुना परीक्षण गर्दा १३, नेपालगञ्ज मेडिकल कलेजमा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा ३८ जनामा परिक्षणगर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ९ जना छन् । २३जना महिला र ६ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८९ हजार ५२ नमुना परीक्षण गर्दा १७ हजार छ सय ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा एक जना पुरुष डिस्चार्ज भएसँगै बाँकेमा हालसम्म १७ हजार २३९ जना डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय संक्रमित ६५ जना रहेका छन् भने सिकिस्त बिरामी १४, मध्यम बिरामी १९ र भेन्टिलेटरमा ५ जना रहेर उपचार गरिरहेका छन् ।

Nabintech