१३ बैशाख २०८१, बिहीबार
कोहलपुरको बागेश्वरी क्याम्पसमा तालाबन्दी

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७८, सोमबार १३:३७

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयमा विभिन्न १८ बुँदे माग राख्दै संयुक्त विद्यार्थी संगठनले गर्र्दै आएका चरणवद्ध आन्दोलनका कार्यक्रमहरुलाई विश्वविद्यालय प्रशासनले वेवस्था गर्दै आएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा अनिश्चित कालका लागि तालाबन्दी गरेका छन् । विश्वविद्यालयले विद्यार्थी संगठनका विभिन्न मागहरु पुरा गर्न दबाब दिनका लागि क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरिएको नेविसंघ बागेश्वरी क्याम्पस कोहलपुर ईकाई सचिव उपेन्द्र बिष्टले बताएका छन् । विद्यार्थी संगठनद्धारा विश्वविद्यालय समक्ष राखिएका १८ बुँदे माग पुरा गराउनका लागि पूर्वघोषित कार्यक्रम अन्तर्गत अनिश्चितकालका लागि तालाबान्दी गरिएको उनले बताएका छन् ।

Nabintech