१२ बैशाख २०८१, बुधबार
तालिबानले गर्‍यो प्रमुख शहरमा हमला, अफगानिस्तानमा लडाइँ थप तेज

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार १६:५९

अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ । तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ । एक अस्पतालका डाक्टरले बीबीसीसँगको कुराकानीमा भने, ‘यहाँ चारैतिर लडाइँ चलिरहेको छ । ’ हेलमन्द प्रान्त पहिलादेखि नै अमेरिकी–बेलायती सेनाको अभियानको केन्द्र थियो, यस्तोमा यदि यसको राजधानी लश्कर गाहमा तालिबानको कब्जा भएको खण्डमा यो अफगानिस्तान सरकारका लागि निकै ठूलो झट्का हुनेछ । यदि लश्कर गाह तालिबानको नियन्त्रणमा आउँछ भने सन् २०१६ पछि यो तालिबानको कब्जामा आउने कुनै प्रान्तको पहिलो राजधानी शहर हुनेछ  ।

रेडियो र टिभी च्यानलको काम बन्दः

यसअघि सोमबार अफगानिस्तानको सूचना र प्रसारण मन्त्रालयले हेलमन्दमा ११ रेडियो र टिभी च्यानलले तालिबानको ‘हमला’ र ‘धम्की’ का कारण काम गर्न बन्द गरेको छ । सेप्टेम्बरसम्म करिब सबै विदेशी सैनिकले उक्त इलाका छोड्ने घोषणा भएदेखि तालिबानले ग्रामीण इलाकामा तीब्र रुपमा आफ्नो कब्जा बढाइरहेको छ । अब हमलाको मार झेलिरहेका यी प्रमुख शहरको भाग्य महत्वपूर्ण मोडमा खडा छ । मानवीय संकटको डरका साथै सरकारी सुरक्षाबल आखिर कहिलेसम्म टिक्न सक्ला भन्ने आशंका पनि छ । –बीबीसी

Nabintech