१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १९ जना थपिए, ४ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार १७:०६

बाँकेमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १७२ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १०, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ८ र बागेश्वरी प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा १ गरी थप १९ जनामा भाइरस संक्रमण देखिएको छ । तीमध्ये बाँकेका १५ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ६४ पुगेको छ । यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ५३ पुगेको छ । बाँकेमा १४ सिकिस्त बिरामी छन् भने २५ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
थप दुईजनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । कैलाली दोधारा नगरपालिका–६ चादनीकी ७५ वर्षीया महिला र भेरीगंगा नगरपालिका–४ सुर्खेतका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीकी ती महिलालाई साउन १६ गते कंचनपुरमा कोभिड संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट १७ गते उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा गएराती मृत्यु भएको हो । यस्तै सुर्खेतका ती पुरुषलाई साउन ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट ५ गते उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआउँदा उनको आज विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।

Nabintech