१४ बैशाख २०८१, शुक्रबार
समाज रुपान्तरणमा जेसीजको महत्वपूर्ण भूमिका छ : खनाल

  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७८, शुक्रबार १७:४२

नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नेपाली समाज रुपान्तरणका लागि जेसीजअभियान महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । बाँकेको कोहलपुर जेसीज २०२१ले आयोजना गरेको जेसीआईको खोजि तालिममा बोल्दै उनले संसार भरीका यूवाहरुलाई जोडेर सामाजिक रुपान्तरणमा सक्रिय भएको बताउँदै जेसीआई खोजि तालिमले व्यक्तित्व र नेतृत्व विकास गर्ने बताएका छन् । । साथै उनले नेपालमा २५ हजार जेसीजका सदस्यहरु रहेको भन्दै जेसीज अभियानमा जोड्नका लागि नयाँ नयाँ कार्ययोजना सहित देश भरीकै शाखाले काम गरिरहेको उनले बताएका छन् । अध्यक्ष खनालले जेसीजको वार्षिक क्यालेण्डर अनुसार निरन्तर रुपमा आफ्ना गतिविधिहरु संचालन गरिरहेको बताउँदै कोरोना भाईरसका कारण केहि असज भईरहेको बताएका छन् ।
नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले तालिम दिएका थए । कार्यक्रममा बोल्दै नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । साथै उनले समाजका प्रत्येक यूवाहरु जेसीजमा जोडिन आवश्यक रहेको बताउँदै देशको विकास र समृद्धका लागि जेसीजमाआवद्ध यूवाहरुको दृष्टिकोणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर जेसीजकी पूर्व अध्यक्ष  संगिता सुवेदीले जेसीज अभियानमा जोडिएका यूवाहरुलाई जेसीज बारे जानकारी दिन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्ड्यले कोहलपुरका यूवाहरुलाई जेसीज अभियानमा जोड्नका लागि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गरिरहेको जानकारी समेत दिएका छन् । कार्यक्रममको सहजिकरण कोहलपुर जेसीज वर्ष २०२१ का महासचिव इश्वर शर्माले गरेका थिए भने कार्यक्रममा जेसीजमा आवद्ध यूवाहरुको सहभागिता रहेको थियो ।

Nabintech