१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १० जना संक्रमित थपिए, ७ जना डिस्चार्ज, तीन जनाको निधन

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७८, आईतवार १६:०२

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८३ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा २, नेपालगञ्ज मेडिकल कलेजमा ३३ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा २० जनामा परिक्षणगर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार २४२ नमुना परीक्षण गर्दा १७ हजार ७ सय १९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ३ महिला र ४ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २८६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १२ पुगेको छ भने मध्यम बिरामीको संख्या १८ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
थप तीन जनाको निधन
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजना पुरुष र एकजना महिलाको मृत्यु भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण लुङग्री गाउँपालिका ६ रोल्पाका ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ दाङका ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खैतका ३९ वर्षीय महिलाको मृत्यु भएको हो । रोल्पाका पुरुषलाई असार २९ गते कोभिड पुष्टि भएको थियो । अस्पतालमा उपचारका लागि असार २८ गते नै भर्ना भएका उनको शनिवार राती २ बजे मृत्यु भएको हो । योसँगै हालसम्म कोरोना संक्रमण पछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ३८६ जनाको मृत्यु भएको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको सहि रुपमा पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

Nabintech