७ बैशाख २०८१, शुक्रबार
नेकपाद्धारा ढुंगा, गिट्टी र बालुवा जनताको सम्पतिका रुपमा घोषणा गर्न माग

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७८, आईतवार १७:१७

नेपाल कम्प्युनिष्ट पार्टी (विप्लव) जिल्ला कार्य समिति बाँकेले बाँकेको राप्तीसोनारी गाउँपालिमा खोला किनार वरिपरी जम्मा गरी राखेका ढुंगा, गिट्टी र बालुवा जनताको सम्पतिका रुपमा घोषणा गर्न माग गरेको छ । बाँकेको कोहलपुरमा आईतबार पत्रकार सम्मेलन गरी नेपाल कम्प्युनिष्ट पार्टी बाँकेका सेक्रेटरी अनिल खड्काले राप्तीसोनारी गाउँपालिका अन्तर्गतका राप्ती नदी लगायत विभिन्न खोलाहरुमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् गर्ने अनुमति लिएका कम्पनीहरुले सम्झौता भन्दा कैयौं गुणा बढि परिमाणमा उत्खनन् गरी राज्यको सम्पति माथि चरम दोहन गरेको तथ्य प्रमाणित भएको भन्दै खोला किनार वरीपरी जम्मा गरी राखिएको सम्पूर्ण ढुंगा, गिट्टी र बालुवा अविलम्ब जनताको सम्पतिका रुपमा घोषणा गर्न राप्तीसोनारी गाउँपालिकालाई माग गरेको बताएका छन् । साथै उनले आफ्ना मागहरु साउन महिना भित्र पुरा नगरे राप्तीसोनारी गाउँपालिका, जिल्ला प्रसशान कार्यालय बाँके, जिल्ला समन्वय समिति कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेका विरुद्ध थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतवानी समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा बाँके जिल्लाका ईञ्चार्ज दिपक चलाउनेले कोरोनाको भ्याक्सिन मागि समेत सत्ता र शक्तिको दुरुपयोग गरिएका तथ्यहरु सार्वजनिक भईरहेको बताउँदै देश दुशासनको डरलाग्दो चक्रव्यूहमा फसिरहेको बताएका छन् । साथै अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार भएकाले जनताको भावनालाई आत्मासाथ गरि काम गर्न सबैलाई सुझाव समेत दिएका छन् ।

Nabintech