६ बैशाख २०८१, बिहीबार
लक्ष्मी माविका विद्यार्थीलाई सी.यु.जी. पाठशाला सिम वितरण

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७८, आईतवार १७:२१

बाँकेको कोहलपुर नगरपालिकामा रहेको लक्ष्मी माविमा सी.यु.जी. पाठशाला सिम वितरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाले कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मी माविका विद्यार्थीहरुलाई सी.यु.जी. पाठशाला सिम वितरण गरेको छ । सो विद्यालयमा पहिलो चरणमा १ सय ६८ सी.यु.जी पाठशाला सिम विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्राध्यानाध्याक धर्मराज रेग्मीले बताएका छन् । साथै उनले पहिलो चरणमा १ सय ६८ जनालाई वितरण गरिएको र दोस्रो चरणमा एक सय जनालाई पुन वितरण गरिने उनले बताएका छन् । कक्षा ४ देखि कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई सो सिम उपलब्ध गराउने पक्रियामा रहेको उनले बताएका छन् ।
कोहलपुर नगर शिक्षा शाखा प्रमुख अन्नतकुमार पौड्यालले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न सहज बनाउनका लागि सिम वितरण गरिएको बताउँदै सीयुजी सिमले अनलाईन पठन पाठनलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरुले पनि सिम वितरणमा ढिलो गर्न नहुने भन्दै संस्थागत विद्यालयहरुलाई पनि सियुजी सिम सिफारिसको लागि शाखामा सम्पर्क गर्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिकाले विद्यार्थीहरुको अनलाईन पढाइका लागि सामुदायिकलाई १ सय २५ र संस्थागत विद्यालयका लागि १ सय ९९ रुपैयाँमा सिम उपलब्ध गराएको छ ।

Nabintech