१६ चैत्र २०८०, शुक्रबार
जनज्ञान ज्योति माबिको प्रअमा न्यौपाने

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७८, सोमबार १७:०८

बाँकेको कोहलपुमा रहेको जन ज्ञान ज्योति माध्यमिक विद्यालयको प्रधानाध्याकमा सुमित्रा न्यौपाने नियुक्ति भएकी छिन् । कोहलपुर नगरपालिकाले दरबन्दी मिलान अन्तर्गत तह अनुसारको शिक्षकलाई प्रअ बनाउने नीति अनुसार न्यौपाने प्रअमा नियुक्ति भएकी छिन् । नवनियुक्त प्रअ न्यौपानेले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विशेष नीति लिने बताएकी छिन् । शिक्षक, अभिभावक र विद्यार्थीहरु बिचको सहकार्यले शैक्षिक उन्नति र प्रगति हुने भएकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारीले दिएको जिम्मेवारी पुरा गर्ने बताएकी छिन् । साथै विद्यालयको भौतिक, शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।
कोहलपुरमा सात जना महिला शिक्षक प्रअ
कोहलपुर नगरपालिका सात जना महिला शिक्षकले विद्यालयको प्रशासनिक कमाण्ड भएर काम गरिरहेका छन् । कोहलपुरमा हाल सात जना महिला शिक्षकहरुले विद्यालयको प्रधानाध्याक भएर काम गरिरहेका छन् । जस मध्ये त्रिभुवन माबि कोहलपुरको प्रअमा देवका थापा, जनज्ञानज्योति मावि कौशिलानगरकी प्रअमा सुमित्रा न्यौपाने, ज्ञानज्योति माबि बगियाको प्रअमा गोमा चालिसे, सिद्धार्थ मावि रझेनाको प्रअमा रञ्जना राना, विद्याज्योति प्राबि चप्परगौडीको प्रअमा गीता कार्की, सृजना बाल प्राबि सृजनाटोलको प्रअमा कल्पना वली र मुक्ति प्राबि मुक्तिनगरको प्रअमा सुष्मा थापा भएर काम गरिरहेका छन् । कोहलपुरमा विद्यालयहरुमा महिला शिक्षकहरु प्रअ भएर काम गर्नु सकरात्मक कुरा भएको बताउँदै विद्यालयहरुलाई उत्कृष्ट बनाउनुपर्ने कोहलपुर नगरशिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्यालले बताएका छन् ।

Nabintech