७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा भूमि आयोग माफर्त प्रारम्भिक काम सम्पन्न

  • राम बहादुर रावत

  • २६ श्रावण २०७८, मंगलवार ०८:१८

बाँकेको कोहलपुर नगरपालिकामा भूमि सम्बन्धी प्रारम्भिक कामहरु सम्पन्न भएका छन् । कोहलपुर नगरपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुबुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन, वडा नं. १ मा जग्गा नापजाँच, वडा नं. ३ बोहकका सबै वडाहरुका फाईलमा निस्सा कोर्ड, किक्ता कोर्ड, ४० प्रतिशत फाईल कम्प्युटरमा ईन्ट्री लगायतका प्रारम्भिक चरणका कामहरु सम्पन्न भएका छन् । विशेष गरी कोहलपुर नगरपालिका र भूमि सम्बन्धी समस्या समाधान आयोग बिच २०७७ साल मंसिर २८ गते सम्झौता भई पौष ४ मा लगत संकलन इकाई कोहलपुरको स्थापना भई काम सुरु भएको हो । कोहलपुर नगरपालिका अन्तर्गत भूमि सम्बन्धी समस्या आयोग लगत संकलन इकाईका प्रमुख बिर बहादुर बिकेका अनुसार २०७७ मंसिर ४ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवि प्रसाद ज्ञवालीको सभागितामा कोहलपुरमा कार्यालय स्थापना गरिएको, माघ १४ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज शोभाराम बस्नेतको सहभागितमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, वडा सचिव बिच लगत संकलन कार्य विधि २०७७ का व्यवस्था र आयोगको काम, कर्तव्य, जनशक्ति व्यवस्थापन लगायतका विषयमा अन्र्तक्रिया सम्पन्न भएको हो । यस साथै फागुन १८ गतेदेखि १५ जना करार कर्मचारीहरुको नियुक्ति गरी काम सुरु गरिएको र नगर भित्र २०७७ फागुन २० गतेदेखि तथ्यांक संकलन कार्य सुरु गरिएको उनले जानकारी दिएका छन् । कोहलपुर नगर भित्र १६ हजार ६ सय १ फाराम संकलन भएका मध्ये पाँच सय ९८ भूमिहिन दलित, आठ सय ४९ भूमिहिन सुकुम्बासी र १५ हजार १ सय५५ अव्यवस्थित बसोबासी रहेको उनले बताएका छन् । कोहलपुर नगरपालिका भित्र रहेका १६ हजार छ सय १ फाईल मध्ये छ हजार पाँच सय फाईलको विवतरण कम्प्युटरमा ईन्ट्री गरिएको छ भने १० हजार फाईलको विवरण ईन्ट्री गर्ने काम बाँकी रहेको र वडा नं. ३ बाहेक अरु सबै वडाका फाईलहरुको निस्सा कोर्ड र कित्ता कोर्ड उल्लेख गर्ने काम सम्पन्न भएको उनी बताउँछन् ।
वडा नं. १ मा नापजाँच कार्य सम्पन्न
यसका साथै कोहलपुर नगरपालिका वडा नं. १ मा २०७७ चैत्र २७ गतेदेखि जग्गाको नापजाँच कार्य सूरु भई हाल सो वडामा १५ सय ६५ कित्ता जग्गा नाप जाँचको कार्य सम्पन्न गरी नक्सा समेत तयार भएको इकाई प्रमुख बिकेले बताएका छन् । वडा नं. १ मा जग्गाको नापनक्सा कार्य सम्पन्न भएपछि सो विवरण कोहलपुर नगरपालिकाको २०७८ साउन १९ गतेको कार्यपालिका बैठकमा पेश भई प्रक्रियामा अगाडि बढाउन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति बाँकेमा पठाउने निर्णय समते भएको छ । कोहलपुरमा वडा नं. १ बाहेकका अन्य वडाहरुमा जग्गाको नापजाँच कार्य सुरु गर्ने, बाँकी फाईलहरु इन्ट्री गर्न, फिल्ड बुक भर्न, क्षेत्रिय किताब भर्न, वडा नं. १ मा नापजाँच भएको जग्गाको नक्सा एकिन गरी प्रिन्ट गर्न, वडा नं. १ मा जग्गा नापजाँच भएको र कार्यपालिका बैठकले निर्णय समेत गरेको हुँदा जग्गा धनी पुर्जा प्राप्तिको प्रक्रियाका लागि जिल्ला समितिमा पठाउने कार्य मात्र बाँकी रहेको उनी बताउँछन् ।

Nabintech