१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ९ जना संक्रमित थपिए, १५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २८ श्रावण २०७८, बिहीबार १६:३०

बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा २०९ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा २८ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ३ जना छन् । २ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार ८६२ नमुना परीक्षण गर्दा १७ हजार ७ सय ५२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र १० जना पुरुष गरी १५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३३० जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २० पुगेको छ भने मध्यम बिरामीको संख्या २३ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech