७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २८ जना थपिए, २६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३० श्रावण २०७८, शनिबार १७:२२

बाँकेमा पछिल्लो २४ घण्टामा थप २८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५८ नमुना परीक्षण गर्दा २८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७१ नमूना परिक्षण गर्दा ११ जना, नेपालगञ्ज मेडिकल कलेजमा ५३ नमुना परीक्षण गर्दा ९ जना र बागेश्वरी ल्याबमा ३४ नमूना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९१ हजार ३२७ नमुना परीक्षण गर्दा १७ हजार ७ सय ८९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २६ जना डिस्चार्ज भएका छन् । १८ जना महिला र ८ जना पुरुष गरी २६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३६२ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १७ पुगेको छ भने मध्यम बिरामीको संख्या २७ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech