१५ चैत्र २०८०, बिहीबार
टी ट्वान्टी विश्वकपको खेल तालिका सार्बजनिक

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७८, मंगलवार १६:५६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेट अगामी अक्टोबर १७(असोज ३१ गते) देखि सुरु हुने गरी तालिका सार्बजनिक गरेको छ । यूएईमा सुरु हुने प्रतियोगिता कात्र्तिक २८ सम्म चल्नेछ । प्रतियोगिताको सुरुवात राउन्ड एक अन्तगर्तको खेलबाट हुनेछ । जसमा आईसीसी टी ट्वान्टी वरीयताको पूछारमा रहेका टोलिले छनोट खेल्नुपर्नेछ । पहिलो दिन उद्घाटन खेलमा ओमानले पपुवान्यूगिनीको सामना गर्नेछ । स्कटल्याण्डले बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो दिन आयरल्याण्ड, नेदरल्याण्ड्स, श्रीलङ्का र नामीबियाले स्पर्धा गर्नेछन् । छनोट खेलहरु अक्टोबर २२ सम्म हुनेछ । दुई समूहबाट दुई दुई टोलि छनोट भएर सुपर १२ चरणको पुग्नेछन् । २३ अक्टोबरदेखि आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ को खेलहरु सुरु हुनेछ । सुपर १२ को पहिलो खेलमा समूह १ मा रहेको अष्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । साँझ इंग्ल्याण्ड र वेष्टइन्डिजको स्पर्धा हुनेछ । पुराना प्रतिद्वान्दी इंग्ल्याण्ड र अष्ट्रेलियाले भने अक्टोबर ३० मा दुबईमा एक अर्का बिरुद्ध उत्रिनेछ ।
समूह २ को पहिलो खेलमा विश्वकप टी ट्वान्टी क्रिकेटकै सबैभन्दा रोमाञ्चक खेल हुने विश्वास गरिएको छ । २४ अक्टोबरका दिन पाकिस्तानले दुबईमा साँझ छ बजे भारतको सामना गर्नेछ । करिब दुई वर्षपछि मात्रै भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको सामना गर्न लागेको हो । नोभेम्बर ८ मा समूह चरणको खेल सम्पन्न हुनेछ । पहिलो सेमीफाइनल खेल नोभेम्बर १० मा अबुधाबीमा खेलाइनेछ । दोस्रो सेमीफाइनल खेल दुबईले ११ नोभेम्बरमा आयोजना गर्नेछ । दुबै सेमीफाइनल खेलका लागि रिजर्भ डे राखिएको छ । नोभेम्बर १४, आइतबारका दिन दुबईले साँझ छ बजे टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि हुने खेलको आयोजना गर्नेछ । फाइनलका लागि समेत भोलिपल्ट सोमबार आरक्षित दिन राखिएको छ ।

Nabintech