७ बैशाख २०८१, शुक्रबार
वरिष्ठ पत्रकार गैरेलाई मानवअधिकार पुरस्कार

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७८, मंगलवार १७:२१

नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार झलक गैरै मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिएकोछ । दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशकरप्रधान सम्पादक समेत रहेको गैरेलाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार पुरस्कार प्रदान गरेको हो । आयोगले सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पत्रकार गैरेलाई नगद ५० हजार सहित सम्मान गरेको छ । नेपालगन्ज न्यूजडटकमका सञ्चालक समेत रहेका गैरेलाई आयोगले पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको हो । उनलाई आयोगका अध्यक्ष तप बहादुर मगरले प्रमाणपत्र र नगद हस्तान्तरण गरि पुरस्कृत गरेका थिए ।

Nabintech