१४ बैशाख २०८१, शुक्रबार
नगरशिक्षा समितिको सदस्यमा बेल्वासे मनोनित

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७८, बुधबार १२:४८

बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा तक्षशिला एकेडेमिका अध्यक्ष तथा कोहलपुर टाइम्सका प्रकाशक बिष्णु बेल्वासे मनोनित भएका छन् । कोहलपुर नगरपालिकाको शिक्षा सम्बन्धी नीति निर्माण गर्ने नगर शिक्षा समितिको सदस्यमा बेल्वासेलाई मनोनित गरिएको हो । लामो सयम सम्म कोहलपुर बाँकेमा पत्रकारिता क्षेत्रमा आवद्ध बेल्वासे नगर शिक्षा समितिको सदस्य पदमा मनोनित भएका हुन् । नगर क्षेत्रको शैक्षिक विकास र समृद्धिका लागि आवश्यक काम गर्ने प्रतिवद्धता जनाउँदै कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक रहेको उनले बताएका छन् । बेल्वासेसँगै कोहलपुर ११मा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय बगियाका प्रधानाध्यापक गोमा चालिसे पनि नगरशिक्षा समितिमा मनोनित भएकी छिन् ।

Nabintech