६ बैशाख २०८१, बिहीबार
दुई हजार ६१३ जनामा सङ्क्रमण पुष्टि, दुई हजार १०४ जना निको

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७८, बुधबार १७:१४

पछिल्लो २४ घण्टामा दुई हजार ६१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८३९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा दुई हजार १०४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३९६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech