१२ बैशाख २०८१, बुधबार
बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७८, आईतवार १८:०७

कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको उनले बताए । सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र  दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।

Nabintech