८ बैशाख २०८१, शनिबार
प्रहरीद्धारा कार्कीको हत्याकाण्डका अभियुक्त सार्वजनिक

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७८, सोमबार १७:३९

बाँकेको कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । गत श्रावण २ गते घरमै सुतिरहेको अवस्थामा ८२ वर्षिय साउनी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा सुतिरहेकी बृद्धा कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौंडी रामजानकी टोलका ३४ वर्षिय सन्तोष कुमार थापा (चाईनिज) लाई पक्राउ गरी सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार सधैंजसो मादक पदार्थ, लागुऔषध ९गाँजा, कोरेक्स० र नाईट्रोभेट गर्ने थापाले चोरी गर्ने उद्धेश्यले रातीको समयमा कार्कीको घरमा पसेको र पहिचान खुल्ने डरले बृद्धा कार्कीको हत्या गरेर फरार भएको बयान दिएका छन । खनालले कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्ता, रिन्ची र पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गर्दा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको बताए ।

Nabintech