१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ११ जना थपिए, ७ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७८, सोमबार १७:५०

बाँकेमा पछिल्लो २४ घण्टामा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १०८ नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको २० नमूना परिक्षणमा २ जना, नेपालगञ्ज मेडिकल कलेजमा २४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा ६४ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार ५३७ नमुना परीक्षण गर्दा १७ हजार ९ सय ५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ४ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४५७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १७ पुगेको छ भने मध्यम बिरामीको संख्या २९ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech