१६ चैत्र २०८०, शुक्रबार
दुई हजार बीस जनामा सङ्क्रमण, दुई हजार ८६ निको, ३५ काे मृत्यु

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७८, मंगलवार १७:२५

पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख दुई हजार ८६ जना पुगेको छ । सङ्क्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५६८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech