७ बैशाख २०८१, शुक्रबार
अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७८, बुधबार १७:२५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’ ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् । तर ओलीले भने यसबारे बोलेका छैनन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताए । एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’ कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

Nabintech