१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १३ जना थपिए, १० जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०७८, शनिबार १७:२१

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४८ नमूना परिक्षण गर्दा ८ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३८ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा २६ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९३ हजार २९७ नमुना परीक्षण गर्दा १७ हजार ९ सय ८७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् । ७ जना महिला र ३ जना पुरुष गरी १० जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ५४० जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १८ पुगेको छ भने मध्यम बिरामीको संख्या २६ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech