१५ चैत्र २०८०, बिहीबार
इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०७८, आईतवार ०८:१४

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

Nabintech