१६ चैत्र २०८०, शुक्रबार
बाँकेका थप ८ जनामा कोरोना पुष्टि, १९ जना डिष्चार्ज

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७८, बुधबार १७:००

बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएको छ । आज १९ जना डिष्चार्ज भएका छन् ।  यहाँका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी ११२ नमुना परिक्षणमा बाँकेका ८ जनासहित २६ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन । भेरी अस्पतालमा १७ जना र मेडिकलमा कलेज कोहलपुरमा ८ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।  हालसम्म बाँकेमा १८ हजार २३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ५ सय ८६ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २९ जनाको मृत्यु भएको छ । जिल्लामा १३१ जना सक्रिय संक्रमित रहँदा ४९ जना अस्पताल र आइसोलेसनमा छन् भने ११५ जना होम आइसोलेसनमा छन् ।

Nabintech