१३ बैशाख २०८१, बिहीबार
जमुनाहा नाकामा हालसम्म २४ हजार एन्टिजेन परीक्षण

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७८, बुधबार १७:०३

नेपाल–भारतसीमा नाका जमुनाहामा रहेको हेल्थडेस्कले दोस्रो लहरको भाइरस संक्रमण शुरु भएदेखि हालसम्म २४ हजारबढीको एन्टिजेन परीक्षण गरेको छ । भारतबाट नेपाल फर्किएका मध्ये शंकास्पद २४ हजार ३ सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएको जमुनाह हेल्थडेस्कका प्रमुख रामबहादुर शाहीले बताए । चैत महिनादेखि भदौ १६ गतेसम्म परीक्षण गरिएकामध्ये ३ सय ४० जनालाई भाइरस संक्रमण पुष्टि भएको छ । दैनिक किनमेलका लागि रुपैडियाँ जाने र आउनेको परीक्षण गर्ने गरिएको छैन् । तर रोजगारीको शिलशिलामा भारत पुगेका र त्यसमा पनि जोखिम क्षेत्रबाट फर्किएका सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । परीक्षण गरिएकामध्ये दैनिक १ देखि ७ जनासम्ममा कोरोना पोजेटिभ देखिने गरेको शाहीको भनाइ छ । एन्टिजेन परीक्षणसँगै औंलो र टिवि रोगको समेत हेल्थडेस्कमा परीक्षण गर्ने गरिएको छ । भारतबाट फर्किने नेपालीमा औंलो र टिविको जोखिम पनि उत्तिकै रहने भएकाले यसको पनि परीक्षण गर्ने गरिएको छ । हेल्थडेस्कमा १४ जना स्वास्थ्यकर्मी छन् । जसमध्ये ३ जना ल्याब टेक्निसियन छन् ।

Nabintech