१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका २३ जना थपिए, ३७ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०७८, शुक्रबार १७:३१

बाँकेमा पछिल्लो २४ घण्टामा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३६५ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ९१ नमूना परिक्षण गर्दा १९ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३५ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १६ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ३ जना छन् । १ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ३८ नमुना परीक्षण गर्दा १८ हजार ५७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना डिस्चार्ज भएका छन् । २४ जना महिला र १३ जना पुरुष गरी ३७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६३२ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १४ पुगेको छ भने मध्यम बिरामीको संख्या २९ पुगेको छ । ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech