११ बैशाख २०८१, मंगलवार
बाँकेमा कोरोनाका १७ जना थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार १७:४९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १२२ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४६ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३९ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा ३७ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार १६० नमुना परीक्षण गर्दा १८ हजार ४२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र २ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६३७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १५ पुगेको छ भने मध्यम बिरामीको संख्या २८ पुगेको छ । ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech