१६ चैत्र २०८०, शुक्रबार
मध्यपश्चिम जनसेवा प्रालीको अध्यक्षमा खनाल पुनः निर्वाचित

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७८, आईतवार ०५:३७

मध्यपश्चिम जनसेवा यातायात प्रालीको अध्यक्षमा विश्वराज खनाल पुनः निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा सम्पन्न प्रालीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन । प्रालीको वरिष्ठ उपाध्यक्षमा गिरीधारी शर्मा, उपाध्यक्षमा याम बहादुर सुनार, महासचिवमा दिपेन्द्र श्रेष्ठ, सचीवमा पुर्ण बहादुर पुन, राकेश बुढाथोकी, कोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल र सह कोषाध्यक्षमा विष्णु बहादुर चलाउने निर्वाचित भएका छ्न । त्यस्तै समितिको सदस्यहरुमा बचका थारु, जय बहादुर बस्ने, डम्बर गिरी, दुर्ग बहादुर खड्का र योगेन्द्र पौडेल चयन भएका छ्न । त्यस अघि उद्घाटन समारोहमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना भाईरसका कारण नेपालका यातायात क्षेत्रमा नकरात्मक असर पारेको बताउँदै राज्यले व्यवसायीहरुको उन्नती र प्रगतिका लागि पहल गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका लुम्बिनी प्रदेशका सदस्य घननाथ भुषालले यातायात व्यवसायीहरु बिच एकता हुन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय डिजेललको मुल्य वृद्धि हुँदा समेत राज्यले भाडा समायोजन गर्न नसक्दा व्यवसायीहरुलाई मर्का परेको बताएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय यूवासंघ बाँकेका अध्यक्ष खेमराज शर्माले जनसेवा यातायातको कार्यालय देश भरी विस्तार गरी आम नागरिकलाई सेवा दिन सुझाव समेत दिएका छन् । मध्यपश्चिम जनसेवा यातायात प्रा.लि. अध्यक्ष विश्वराज खनालले कोरोना कारण यातायात व्यवसायीहरु ठुलो मारमा परेको बताउँदै राज्य व्यवसायीहरुको उत्थानका लागि राज्यले विशेष नीति लिनुपर्ने बताएका छन् ।

Nabintech