१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ६ जना थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७८, आईतवार १६:१०

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १० नमूना परिक्षण गर्दा २ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४० नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा २२ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ३ जना महिाल र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार २३२ नमुना परीक्षण गर्दा १८ हजार ४८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ४ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६४६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या २९ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech