७ बैशाख २०८१, शुक्रबार
४ किलो सुन प्रकरण : १० मिनेटअघिको त्यो सुराक

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७८, आईतवार १६:३२

नेपालगञ्जस्थित राझाँ विमास्थलबाट प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद समात्यो । काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा शुक्रवार नेपालगञ्ज गएका झापा घर भएका अमिर लगुन विश्वकर्मा र मोरङ घर भएका बुद्धिमान खातीले सो सुन जुत्तामा लुकाएर लगेका थिए । त्रिभुवन विमानस्थल स्थित आन्तरिक टर्मिनलबाट सहज पार भएको सुन नेपालगञ्ज विमानस्थल पुग्यो । सो सुन एक्सरे मेशिन र मेटल डिटेक्टरले ‘डिटेक्ट’ गरेर पत्ता लगाएको होइन । सुराकको आधारमा सुन बरामद गरिएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । विमान अवतरण हुनुभन्दा १० मिनेटअघि अवैध सुन लिएर २ जना युवा नेपालगञ्ज आइरहेको सुराक प्रहरीले पाएको थियो ।  ‘१० मिनेटअघि सुन लिएर दुईजना आउँदै गरेको सुराक हामीले पायौं’ बाँकेका एसपी अधिकारीले रातोपाटीसँग भने, ‘अनि, हामिले विमानस्थलमा अपरेशन गरेका थियौं ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले अमिर र बुद्धिमानले जुत्ताको तलुवामा लुकाएर ल्याएको अवस्थामा ४ किलो सुनको बिस्कुट र २१ दशमलव ५९ ग्राम तयारी गहना सहित उनिहरुलाई नियन्त्रणमा लियो ।  २६ वर्षका अमिर २८ वर्षीय बुद्धिमानले काठमाडौंको मैतिदेवीमा रहेको बुद्ध ज्वेलर्सबाट सुन लिएर गएका थिए । बुद्ध ज्वेलर्सले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका ३ वटा सुन पसलका नाममा बिल काटेको थियो । बुद्ध ज्वेलर्सले बिल जारी गरेपनि राष्ट्रबैंकभन्दा बाहिरबाट आएको हुनाले थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा सुन बुझाइएको एसपी अधिकारीले जानकारी दिए ।  सुन लैजाने युवा भरिया मात्रै भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नेपालगञ्जका सुन ब्यापारीले सुन किन्नका लागी आवश्यक ३ करोड १३ लाख रुपैयाँ बैंकिङ्ग बाटोबाट वा हुण्डीको माध्यमबाट पैसा पठाए भन्नेबारे पनि राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान थालेको छ । राजस्वले सुन बेच्ने र किन्ने ब्यापारीमाथि पनि अनुसन्धान शुरु गरेको छ । -रातोपार्टीबाट

Nabintech