८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका २१ जना थपिए, ५ जना डिस्चार्ज, एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०७८, सोमबार १६:२१

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १०५ नमूना परिक्षण गर्दा १९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २९ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ६ जना महिाल र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ३८९ नमुना परीक्षण गर्दा १८ हजार ५९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ३ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६५१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या २९ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
कोरोनाबाट एकजनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमवार थप एकजनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ६ रुकुम पश्चिमकी ७६ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि भदौं १४ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । उनको उपचारकै क्रममा सोमवार विहान साढे ९ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४०१ जनाको मृत्यु भएको छ ।

Nabintech