६ बैशाख २०८१, बिहीबार
एमसीसीविरुद्ध कोहलपुरमा विरोध प्रदर्शन

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७८, मंगलवार १७:२७

बाँकेको कोहलपुरमा एमसीसीविरुद्ध हाम्रो नेपाल,हामी नेपाली अभियान लुम्बिनी प्रदेश कार्य समितिले विरोध प्रदर्शन गरेको छ । सो विरोध सभामा बोल्दै हाम्रो नेपाल,हामी नेपाली अभियानका केन्द्रीय महासचिव भिम बहादुर शाहीले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाएका छन् । साथै उनले कोरोना भाईरसको महामारीमा पनि हाम्रो नेपाल,हामी नेपाली अभियानले जनतको आवाजलाई उठाईरहेको बताउँदै देशलाई बचाउनका लागि एमसीसि विरुद्ध सबै लाग्नुपर्ने बताएका छन् । साथै उनले े राष्ट्रको स्वतन्त्रता, अस्मिता र जनताको भाग्य भविष्य सुन्दर बनाउनका लागि एमसिसिका विरुद्ध नेपाली जनता मर्न तयार रहेको उद्घोष समेत गरेका छन् । उनले एमसीसी परियोजना सांसदबाट पारित गरेर विदेशीको गुलाम बन्न नहुने भन्दै तत्काल एमसीसी सम्झौता फिर्ता गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा स्थानिय भोला शर्माले सधै स्वतन्त्र मुलुकको रुपमा रहेको नेपाललाई बन्धक बनाएर जनतालाई गुलाम नबनाउन सरकारलाई चेतावनी दिए । एमसिसिका विरुद्ध देशभरीका जनताले साथ दिने बताउँदै एमसिसिका विरुद्ध स्थानिय तहका जनप्रतिनिधिहरुलाई पनि सडकमा आउन अनुरोध गरेका छन् । कार्यक्रममा बोल्ने अधिकांशउनीहरुले एमसीसी अन्तर्गतका परियोजना सञ्चालन गर्दा दक्षिणी छिमेकी भारतको समेत स्वीकृति लिनुपर्ने, सम्झौतासँग नेपालको संविधानलाई अधिनस्थ बनाउने, बौद्धिक सम्पत्तिमाथि एमसीसीकै अधिकार रहने, लेखा परीक्षणको अधिकार समेत नेपाललाई नहुने, परियोजनालाई आवश्यक सामग्रीहरु अमेरिकाबाट नै खरिद गर्नुपर्ने, असुरक्षित महसुस भएमा एमसीसीले एकतर्फीरुपमा सम्झौता भङ्ग गर्नसक्ने लगायतका कैयौँ प्रावधानहरु राष्ट्रघाती भएको बताएका छन् ।

Nabintech