१३ बैशाख २०८१, बिहीबार
एक हजार ४२३ जना सङ्क्रमित, दुई हजार ७२ कोरोनामुक्त, २१ को मृत्यु

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७८, मंगलवार १७:२९

नेपालमा कोरोनाभाइरसका एक हजार ४२३  जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ४२३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.६७ प्रतिशत  छ । मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार ७२ जना कोरोनामुक्त भएको जनाएको छ ।  गएको चौबीस घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८७९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयले हाल नेपालमा ३० हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । नेपालमा २५८ जना क्वारेन्टिनमा छन् ।

Nabintech