१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका १५ जना थपिए, ४ जना डिस्चार्ज, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७८, मंगलवार १७:३१

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५६ नमूना परिक्षण गर्दा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १२ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ६ जना महिाल र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ४८७ नमुना परीक्षण गर्दा १८ हजार ६१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । ४ जना महिला डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६५५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १७ पुगेको छ भने मध्यम बिरामीको संख्या २५ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
भेरीमा कोभिड संक्रमित दुईजना मृत्यु
भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यो सँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ। केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकोमा हाल फेरी भेरी अस्पतालमा मृत्यु हुने क्रम बढ्न थालेको अस्पतालले जनाएको छ ।

Nabintech