७ बैशाख २०८१, शुक्रबार
नेपालले पुपुवा न्युगिनीलाई २ विकेटले हरायाे

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७८, मंगलवार १७:३३

पपुवा न्युगिनी (पीएनजी) सँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएकाे छ । पीएनजीले दिएकाे एक सय ३५ रनकाे लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएकाे हाे ।  नेपालका लागि राेहित पाैडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र साेमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेकाे अवस्थामा राेहित पाैडेलले र साेमपाल कामीले ५२ रनकाे साझेदारी गरे । बलिङतर्फ पीएनजीका गाैडी टाेकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद साेपरले दुई–दुई विकेट लिए ।  यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।  नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।

Nabintech