१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १० जना थपिए, ७ जना डिस्चार्ज, एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७८, शुक्रबार १५:२०

केमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २३ नमूना परिक्षण गर्दा ५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १२ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ८ जना छन् । ४ जना महिाल र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ७५४ नमुना परीक्षण गर्दा १८ हजार ८७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र २ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६८६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या ११ पुगेको छ भने मध्यम बिरामीको संख्या २१ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
भेरीमा कोभिड संक्रमित एक जनाको मृत्यु
कारोना भाइरस संक्रमणका कारण बाँकेमा आज थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । साउन २९ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारका लागि साउन ३० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान पौने सात बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४०६ जनाको मृत्यु भएको छ ।

Nabintech