१६ चैत्र २०८०, शुक्रबार
७७७ जना सङ्क्रमित थपिए, एक हजार ३६८ जना निको, १२ को मृत्यु

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०७८, शनिबार १६:३८

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा छ हजार १३७ आरटीपीसीआर परीक्षण गरिएकोमा ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार ७०३ वटा एन्टीजेन परीक्षण गर्दा २१७ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना कोरोनामुक्त भएको जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९३६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ६८ हजार ६३० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा शुक्रबारसम्म २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech