७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका १२ जना थपिए, ४ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७८, आईतवार १५:३१

बाँकेमा पछिल्लो २४ घण्टामा थप २ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २१ नमूना परिक्षण गर्दा २ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा २० नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ९८६ नमुना परीक्षण गर्दा १८ हजार ९४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र १ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७०१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १२ पुगेको छ भने मध्यम बिरामीको संख्या ११ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech