१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईने

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७८, आईतवार १५:३४

बाँकेको कोहलपुर नगरपालिकाले राष्ट्रिय बालदिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाउने भएको छ । यहि भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा पारी विभिन्न कार्यक्रम आयोजना गरि मनाउने निर्णय भएको छ । कोहलपुर नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगर स्तरिय बाल अधिकार समितिकी संयोजक एवम् नगर उपप्रमुख सञ्जु कुमारी चौधरीको सहभापतित्वमा सम्पन्न भएको नगर स्तरिय बाल अधिकार समितिले बैठकले यस्तो निर्णय गरेको हो । “सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरु गरिएको नगर स्तरिय बाल अधिकार समितिकी संयोजक एवम् नगर उपप्रमुख सञ्जु कुमारी चौधरीले बताएकी छिन् । साथै उनले बालबालिकाहरुको हक र अधिकारीका लागि स्थानिय तहले विभिन्न नीति निर्माण गरी कामहरु गरिरहेकोजानकारी दिँदै बालबालिका सम्बन्धीको हक संविधानमै व्यवस्था गरिएको बताएकी छिन् । कोहलपुर नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एवम् महिला विकास अधिकृत रिना थापाले राष्ट्रिय बालदिवसको अवसरमा जनप्रतिनिधि र बालबालिकाहरुको बिच अन्र्तक्रिया गर्ने र बालबालिकाको हक र अधिकारका लागि काम गरिरहेका बालबालिकाहरु मध्ये दुई जनालाई सम्मान गर्ने निर्णय गरिएको उनले बताएकी छिन् । साथै उनले कोहलपुर नगरपालिका भित्रका बालबालिका, जनप्रतिनिधि लगायतले सहभागिता जनाउन आग्रह समेत गरेकी छिन् । कोहलपुर नगरस्तरीय बाल संजालका अध्यक्ष रमेश वरले बालबालिकाहरुको राष्ट्रिय पर्वका रुपमा रहेको राष्ट्रिय बालदिवस भव्यरुपमा सम्पन्न गराउन सबैले साथ र सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रिय बालदिवस भव्य रुपमा सम्पन्न गर्नका लागि नगरका १५ वटै वडाका बालसंजाललाई सक्रिय हुन निर्देशन समेत दिएका छन् ।

Nabintech