१६ चैत्र २०८०, शुक्रबार
ओलीले भीम रावलसँग भने : सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हुन्छन्

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७८, आईतवार १६:३७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने ओलीको भनाइ थियो । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए  छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालिन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए । गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार, एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने रावलले अडान लिए । तर ओलीसँगै अरु नेताहरुले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने राय राखेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार, ओलीले भट्ट इन्चार्ज र प्रदेश अध्यक्ष कर्ण थापा नै हुने बताए । ‘१० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको थियो । तर जाने त गइ नै सके, अब मिलेर चलेको पार्टीमा समस्या ल्याउनेगरी भूमिका फेरिदैन’, ओलीलाई उधृत गर्दै ती नेताले बताए । १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको भन्दै नेताहरु बालकोट पुगेका थिए ।

Nabintech