१२ बैशाख २०८१, बुधबार
एक हजार १४९ जनामा सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७८, सोमबार १६:४०

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १४९ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार सात वटा एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार २६० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९६५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।  यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार ८३० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै आइतबारसम्म २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech