१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ५ जना थपिए, ११ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७८, बुधबार १६:५७

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४९ नमूना परिक्षण गर्दा ५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४३ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । २ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ३४५ नमुना परीक्षण गर्दा १८ हजार १ सय ८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ५ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७२४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech