१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २२ जना थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०७८, बिहीबार १६:४९

बाँकेमा पछिल्लो २४ घण्टामा थप २२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८५ नमूना परिक्षण गर्दा २० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १९ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १५ जना छन् । १० जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ४७४ नमुना परीक्षण गर्दा १८ हजार १ सय २३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७२७ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech