१२ बैशाख २०८१, बुधबार
कोहलपुरका कोरोना फोकल पर्सन माथि हातपात

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७८, शुक्रबार १६:३१

बाँकेको कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन माथि हातपात गरिएको छ । कोहलपुर नगरपालिकाका नगर स्वास्थ्यमा कार्यरत सिनियर अ.हे.व. तथा कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन गेहराज खनाललाई हातपात गरिएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाका निमित प्रमुख अनिलसेन ठकुरीले आफुलाई कुटपिट गरेको भन्दै खनालले सुरक्षाको माग गरेका छन् । उनले कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतसमक्ष सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । कोरोना फोकल पर्सन खनालले नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव शारदा कुमारी चन्दले स्वास्थ्य सामग्री खरिद गर्नको लागि टिप्पणी उठाएर आफुलाई हस्ताक्षर गर्न लगाए पनि के र कति मात्रामा स्वास्थ्य सामग्री ल्याउन लागेको भन्ने कुराको जानकारी आफुलाई हुनुपर्ने भन्दा नगरस्वास्थ्य शाखा प्रमुख ठुकरीले मुक्काले र लात्तिले हानेको बताएका छन् । स्वास्थ्य सामग्री खरिदका लागि आफुलाई जानकारी हुनुपर्नेमा नभएको भन्दै सो टिप्पणी च्यातिदिईएको खनालले बताएका छन् । कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिलसेन ठकुरीले स्वास्थ्य सामग्री खरिदका लागि उठाएको टिप्पणी खनालले च्यातिदिएपछि सामान्य विवाद मात्र भएको बताएका छन् । कार्यालय समयमा भएको सामान्य विवाद मात्र भएको घटनालाई अन्याथ लिन नहुने बताएका छन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले घटनाका बारेमा छानविन गरी आवश्यक निर्णय लिने बताएका छन् ।

Nabintech