६ जेष्ठ २०८१, आईतवार
बाँकेमा कोरोनाका ९ जना थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७८, शुक्रबार १६:४८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८१ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३२ नमूना परिक्षण गर्दा ५ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा ११ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । २ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ५५५ नमुना परीक्षण गर्दा १८ हजार १ सय २७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७३५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । त्यस्तै बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।

Nabintech