८ बैशाख २०८१, शनिबार
कोरोना फोकर्ल पर्सन खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न माग

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७८, शनिबार १७:२३

बाँकेको कोहलपुर नगरपालिकाका कोरोना फोकर्ल पर्सन तथा कोहलपुर नगर स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.व. (अधिकृत छैटौं) पदमा कार्यरत गेहराज खनाललाई कुटपिट गर्ने नगर स्वास्थ्य शाखाका निमित्त प्रमुख अनिल सेन ठकुरीलाई कारवाही गर्न विभिन्न संघ संगठनहरुले माग गरेका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँके, राष्ट्रिय स्वास्थ्यर्की संघ नेपाल बाँके, नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकेले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै कार्यालय समयमा कर्मचारी माथि कार्यालय प्रमुखले कुटपिट गर्नु घृणित कार्य भएको उल्लेख गरेका छन् । उक्त विज्ञप्तीमा भनिएको छ “कार्यालयमा कार्यसम्पादनका क्रममा कुनै विवाद, असहमति र अस्पष्टता भए आपसी सल्लाह, सहमति र समझदारीबाट सम्पादन गर्नुपर्ने वा त्यसरी पनि हुन नसके आफुभन्दा माथिल्लो तह वा निकायको राय सुझावबाट समस्याको समाधान गर्नुपर्ने र त्यसरी पनि समाधान हुन नसके कानुन बमोजिम गर्नुपर्ने स्पष्ट बाटो र विकल्प हुँदाहुँदै कार्यस्थलमै हातपात र कुटपिटमा उत्रिने जस्तो घृणित कार्यको घोर निन्दा र भत्र्सना गर्दछ ।” साथै यस प्रकारको असभ्य, अभद्र र उच्छृङ्खल कार्यमा संलग्न जो कोहीलाई अविलम्ब कानुनि दायरामा ल्याउन र कारवाहीको भागीदार बनाउन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँके, राष्ट्रिय स्वास्थ्यर्की संघ नेपाल बाँके, नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकले सम्बन्धित नियकासँग माग गरेका छन् । कोहलपुर नगरस्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले आफुमाथि कुटपिट गरेको भन्दै खनालले शुक्रबार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समक्ष सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् । स्वास्थ्य सामग्री खरिदको विषयमा विवाद भए पछि सो घटना घटेको पाईएको छ ।

Nabintech