१५ चैत्र २०८०, बिहीबार
आईपीएल क्रिकेटमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हरायो

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७८, मंगलवार ०७:४३

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई हराएको छ । यूएईमा गएराति भएको खेलमा काेलकाताले बेङ्ग्लाेरलाई ९ विकेटले हराएको हो । बेङ्ग्लाेरले दिएको ९३ रनको लक्ष्य काेलकाताले १० ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । काेलकाताका सुबमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रन र आन्द्रे रसेल शून्यमा अविजित रहे । बेङ्ग्लाेरका युजभेन्द्र चाहलले १ विकेट लिए । पहिले ब्याटिङ गरेको बेङ्ग्लाेर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बेङ्ग्लाेरका देवदूत पडिकलले सर्वाधिक २२ रन जोडे । काेलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए । जितपछि ८ खेलमा ६ अङ्क जोडेको काेलकाता पाँचौँ स्थानमा छ भने बेङ्ग्लाेर १० अङ्कका साथ तेस्रो स्थानमा छ । चेन्नई सुपर किङ्ग्स शीर्ष स्थानमा छ ।

Nabintech