७ बैशाख २०८१, शुक्रबार
पार्टीलाई सत्तामा पुनःस्थापित गर्न ओलीका यस्ता छन् दुई रोडम्याप

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७८, मंगलवार ०७:४६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा बिराम लागेको दावी गरेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी सरकारबाट बाहिरिन परेपछि नयाँ युगतर्फको यात्रा पनि गन्तव्यहीन हुन पुगेको जिकिर गरेका छन् ।  उनले सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने प्रयासहरु भइरहेको भन्दै देशलाई अन्योलतातिर धकेल्ने प्रयासहरु पनि भइरहेको उल्लेख गरेका छन् । यी प्रवृत्ति रोक्न पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य रहेको भन्दै उनले आगामी कार्यभारका रुपमा दुई मुख्य रोडम्याप बुँदागत रुपमा अघि सारेका छन् ।

Nabintech